सडक निर्माणमा वडा सदस्य शाहीको अवरोध

विकासमा जनप्रतिनिधी बाधक


सडक निर्माणमा वडा सदस्य शाहीको अवरोध

नेपालगन्ज:नेपालगन्जमा एक जना वडा सदस्यले आफ्नै मतदाताको अपेक्षामाथि तुसारापात गरेकी छन् । जनताका काममा बाधा अड्चन आउँदा समाधानका लागि समन्वय गर्ने निर्वाचित जनप्रतिनिधिले नै विकासमा अवरोध गर्दा आम नागरिकले विकास साटो सास्ती पाइरहेकाछन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, की वडा सदस्य इन्दिरा शाहीले विकासका नाममा अवरोध गरेपछि वडाबासीले सास्ती भोग्नु परेको हो ।

गणेशपुर चोक हुँदै एबीसी स्कुलतर्फ जाने सडक चौडा बनाउने क्रममा वडा सदस्य शाहीले सडक निर्माणमा अवरोध गरेपछि स्थानीयहरुसमेत आक्रोशित बनेका छन् ।

यसअघि विकासका लागि भन्दै अरुका घर,पर्खाल तोड्दै हिड्ने वडा सदस्यले स्वयमले आफ्नो घरको पर्खाल तोड्न अटेर गरेपछि शाहीको चर्को आलोचना भइरहेकोछ ।

सर्वसाधारणका घर तोड्ने र आफ्नो घर भत्किने भएपछि सडक निर्माणलाई नै अवरोध पु¥याउने वडा सदस्य शाहीको कार्यप्रती आक्रोश ब्यक्त गर्दै स्थानीय विमल चौधरीले भने उहिले नै बनिसक्नुपर्ने सडक अझै बाँकी छ, यो राजनीति नभएर दादागिरी ।

‘गणेशपुर चोकमा रहेका घर भत्काउन नदिएपछि जनप्रतिनिधि शाहीको घरको पूर्वतर्फको निर्माणधिन सडक लामो समयदेखि अलपत्र अवस्थामा छ । सामान्य नागरिकले मात्रै घर भत्काउनुपर्ने बाध्यता हो भने यस्ता सदस्य हामीलाई चाहिदैन’ उनले भने ।

शाहीले सडक चौडा बनाउन अबरोध गरेपछि सडक कहिले बन्छ भन्नेमा स्थानीय अन्यौलमा परेकाछन् । निर्वाचित जनप्रतिनिधिको दादागिरी र अटेरी रबैयाबाट आजित भएका स्थानीयले चुनावमा मतदान गरेर गल्ति गरेको बताए ।

सडक चौडा बनाउन अबरोध गरेको गुनासो बढेपछि पार्टिले समेत तदारुक्ता देखाँउदै वडा सदस्य शाहीलाई आग्रह गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके एक नेताले भने–‘वडा सदस्य शाहीलाई विकासका काममा अवरोध नगर्न धेरै पटक आग्रह गरियो । तर, हामीले भन्दा पनि उहाँले मान्नुभएन । अहिले आएर यो विवाद चुलिएकोछ ।’

उनले भने–‘उहाँको यही ब्यवहारले अहिले पार्टीलाई पनि टाउको दुखाइ भइरहेकोछ । आफ्नै वडामा निर्वाचित जनप्रतनिधिले यस्तो ब्यवहार गर्नु सवैलाई घाटा हुन्छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले विकासमा राजनीति गर्नु हुदैन । यस्तो कार्य कसैले गर्छ भने उसैलाई घाटा हुनछ ।’

उनले भने –‘विकासका लागि सबै एकजुट भएर लाग्नुपर्छ । जनताबाट निर्वाचित भइसके पछि जनताको म्याण्डेट अनुसार अघि बढ्नु निर्वाचित जनप्रतिनिधीको जिम्मेवारी र दायित्व हो ।’

उनले आफ्नो घटना सुनाउदै भने–‘सडक चौडा गर्नेक्रममा मैले त आफ्नो बुवाको नाममा रहेको घर भत्काएर सडक निर्माण गरे । अवरोध गरिन । विकासका काममा कसैले कुनै पनि बाहनामा अवरोध गर्नु न्यायसंगत नभएको उनको तर्क छ ।’

वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले भने–‘उहाँको विषयमा गुनासो मकहाँ पनि आएकोछ । यो विषयमा म र सिङ्गो वडा कार्यालय समेत गम्भीर बनेका छौं ।’ उनले– ‘समस्या छिटै समाधान हुन्छ, सडक चौडा हुन्छ ।’

यता वडा सदस्य शाहीले श्रीमानका कारण पर्खाल भत्काउन नसकेको प्रतिक्रया दिइन् । उनले भनिन्, ‘मैले होइन, श्रीमानले रोक्नु भएको छ । घर उहाँकै नाममा छ, मैले केही गर्न सक्दिँन ।’

सडक निर्माणमा अवरोध भएको पाँच/छ महीना बितिसक्दा पनि घरधनी श्रीमान् भएको कारण देखाउँदै वडा सदस्य शाही सडक निर्माणको कामबाट पन्छिएको स्थानीयहरुको भनाई छ ।

जनप्रतिनिधि आएपछि विकास र समृद्धिको आशा गरेका नागरिकहरुले निर्वाचित जनप्रतिनिधीको यस्तो रवैयाका कारण निराशामात्रै छाएकोछ ।
यता एडिविले क्षेत्रीय शहरी विकास आयोजना अन्र्तगत उक्त सडक चौडा तथा कालोपत्रे गरिन लागेको ईन्जिनियर सुरेश महर्जन बताउँछन् ।

मार्च २०१८ देखि सुरु भएको परियोजना अगष्ट २०२० मा सम्पन्न हुनेछ । सडक निर्माणको कार्य भइरहदाँ एविसी रेजिडेन्टल स्कुल नजिकको कल्भटदेखि पश्चिम गणेपुर चोकसम्मको बाटोमा अबरोध पुगेपछि हाल काम बन्द भएको ईन्जिनियर मर्हजन बताउँछन् ।

सेतोखरीसंग कुरा गर्दै ईन्जिनियर महर्जनले भने–‘बाटो चौडा गर्ने क्रममा स्थानीयले सहयोग नगरेपछि हाल काम ठप्पछ । स्थानीयले सहयोग गरे तत्तकाल काम अघि बढाउँछौं ।’