नेपालगन्ज–कोहलपुर सडकमा ‘रिफ्लेक्ट स्टिकर’


नेपालगन्ज–कोहलपुर सडकमा ‘रिफ्लेक्ट स्टिकर’

नेपालगन्ज:सडक दुर्घटना न्यूनिकरणका लागि बाँके ट्राफिक प्रहरीले तदारुक्ता देखाएकोछ । जिल्ला ट्राफिक कार्यालय बाँकेले दुर्घटना न्यूनिकरणका लागि सडक डिभाइडर र पोलमा रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालेको हो । सोही अनुरुप बुधबार बाँकेको कोहलपुर रिफ्लेक्ट स्टिकर टासिएकोछ ।

नेपालगन्ज–कोहलपुर सडकमा विशेष गरि रातको समयमा हुने सडक दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक कार्यालयले रिफ्लेक्ट(रेट्रो) स्टिकर टाँस्न थालेको हो ।

नेपालगन्ज–कोहलपुर सडकमा दुर्घटना बढेको भएको भन्दै रिफ्लेक्ट स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक पबिन्द्र बम बताउँछन् ।

उनले भने –‘नेपालगन्ज–कोहलपुर सडक खण्डमा पछिल्ला दिन रातको समय बढि दुर्घटनाहरु हुन थालेको पाइएकाले स्टिकर टासिएको हो ।’ खुला सडक, तिव्र गति, मनपरि बाटो काट्ने, जहाँ पायो त्यही पार्किङ्ग गर्ने तथा प्रयाप्त लाइटिङ्गको कमीका कारण रातको समय नेपालगन्ज–कोहलपुर सडकमा दुर्घटना हुने गरेको उनी बताउँछन् ।

ट्राफिक प्रहरी नीरिक्षक बमले भने –‘रिफ्लेक्ट स्टिकरले रातमा सवारीसाधन चलाउन सहजता दिए पनि यतिले मात्र सडक दुर्घटना न्यूनिकरण हुदैन । सवैजना सचेत र सजग हुुनपर्छ ।’

सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीलमात्र सम्भव नभएको बताउदै उनले सवैको साथ र सहयोग हुनुपर्ने बताए । जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांक हेर्दा असोज १२ गते देखि कात्र्तिक २५ गतेसम्म २९ वटा सवारी दुर्घटना भएको छ ।

यस्तै दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ । भने ३७ जना घाईते भएका छन् । दुर्घटनामा परि २ वटा पशुचौपाया समेत मरेका छन् ।