नेपालगन्ज:बाँकेको नेपालगन्ज उपमहानगरपालिका देशकै पहिलो ‘सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडक मानवमुक्त’ उपमहानगरपालिका घोषणा भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा अब यस्ता व्यक्तिहरु नरहेकोले उपमहानगरपालिकालाई सडक मानवमुक्त उपमहानगरपालिका घोषणा गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकामा आज बिहीबार एक कार्यक्रमको आयोजना गरि देशकै पहिलो उपमहानगरपालिकारुपमा नेपालगन्जलाई सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडक मानवमुक्त उपमहानगरपालिका घोषणा भएको छ ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र नेपालगन्ज उप–महानगरपालिका कार्यवाहक प्रमुख उमा थापामगरले उक्त घोषणा गरेका हुन् ।
घोषणासभामा बोल्दै सामाजिक विकास मन्त्री बरालले भने–कुनैपनि नागरिक अभिभावकविहिन भएर सडकमा बाँच्नुपर्ने अवस्था अन्त्यका लागि सरकारले यस्तो अभियान सुरु गरेको हो । नेपालगन्ज उपमहानगरपालिकालाई सडक मानवमुक्त घोषा गरिएसगैं त्यस्ता अभिभावकविहिनको अभिभावक सरकार भएको बताए ।
नेपालगन्ज उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख उमा थापा मगरले २०७३ सालदेखि सहयोगापेक्षी, सडक मानवमुक्त उप–महानगरपालिका बनाउने उद्देश्यसाथ उपमहानगरपालिकाले कार्य गर्दै आएको बताईन ।
उनले भनेनिन्–यसखालका ब्यक्तिको उद्धार, औषधोपचार, पालनपोषण, खाना, नाना, छानासँगै बालबालिकाको अध्ययनका लागि उपमहानगरपालिकाले विभिन्न गतिविधि समेत गरिरहेको बताईन ।
कार्यक्रममा सांसद कृष्णा केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख महिला विकास अधिकृत शोभा शाह, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, नील सागर सेवा आश्रमका सरिता खनाल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा सहयोगी संस्था र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । घोषणा कार्यक्रमअघि नेपालगन्जमा ¥याली प्रदर्शन भएको थियो ।यो सगैं नेपालगन्ज उपमहानगरपालिका सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडक मानवमुक्त उपमहानगरपालिका घोषणा भएको छ । यसअघि बाँकेको दुई पालिका सडक मानवमुक्त घोषणा भइसकेकाछन् । बाँकेको खजुरा गाँउपालिका तथा कोहलपुर नगरपालिका हुन् ।