बोनम्यारो पीडित पत्रकार शर्माको निधन


बोनम्यारो पीडित पत्रकार शर्माको निधन

नेपालगन्ज: बोनम्यारोमा समस्या आएपछि चार महिनाअघि अस्पताल भर्ना भएका पत्रकार डिलप्रसाद शर्माको निधन भएकोछ ।

काठमाण्डौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्टका क्रममा बिहीबार उनको निधन भएको हो ।

विगत ६ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका २३ वर्षी पत्रकार शर्मा सुर्खेतबाट प्रकाशित साझा बिसौनी दैनिकमा समेत कार्यरत थिए ।

पत्रकार शर्मा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका जिल्ला सदस्य तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका सचिवसमेत थिए ।

पत्रकार शर्माको निधनमा नेपाल पत्रकार महासंघले विज्ञप्ती निकालेर दुख व्यक्त गरेको छ । महासंघले शर्माको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको जनाएको छ ।