कोहलपुर: बाँके बन्दको पूर्वसन्ध्यामा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका जिल्ला इन्चार्ज पक्राउ परेका छन् ।
प्रहरीले बिहीबार राती बाँकेको कोहलपुरबाट धमिल भनिने प्रेमप्रकास ओलीलाई पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले कोहलपुर नगरपालिका वडा नम्बर–२, बाट उनलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार पक्राउ परेका जाजरकोट जिल्ला इन्चार्ज ओलीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखि अनुसन्धान अघि बढाइएकोछ ।
सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि प्रहरीले नेता कार्यकर्तालाई नियन्त्रणमा लिने गरेको छ ।