नेपालगन्ज नेशनल प्याब्सनमा शर्मा


नेपालगन्ज नेशनल प्याब्सनमा शर्मा

नेपालगन्ज: राष्ट्रिय निजि तथा आवाशिय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) नेपालगन्जको अध्यक्षमा राजीवराज शर्मा चयन भएका छन् ।

लोटस् इङ्गलिस मिडियम घरबारीटोलका सस्थापक अध्यक्ष समेत रहेका शर्मा आगामी कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । यस्तै उपाध्यक्षमा भूपाल गिरी र सदस्यमा लक्ष्मी गुप्ता सर्वसम्मत चयन भएकाछन् ।

नेपालगन्जमा शनिबार सम्पन्न खजुरा, डुडुवा र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त अधिवेशन शर्मा नेपालगन्जको अध्यक्ष भएका हुन् ।
यस्तै खजुरा गाँउपालिका संयोजकमा गोविन्द रावत र डुडुवा गाँउपालिकाको संयोजकमा रत्नबहादुर चलाउने चयन भएकाछन् ।

नेशनल प्याब्सनका केन्द्रिय सचिव कुशुम रानाभाटको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा केन्द्रिय सदस्य बामदेव न्यौपाने विशिष्ट अतिथि लगायतले नयाँ नेतृत्वलाई बधाई दिदै निजि विद्यालयका ब्याप्त सवाल तथा हकहितका विषयमा कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएको नेशनल प्याव्सन बाँकेका उपाध्यक्ष चिरञ्जिवि चन्दले बताए । नेशनल प्याब्सन बाँकेका उपाध्यक्ष चन्दको व्यवस्थापन उक्त अधिवेशन भएको हो ।