नेपालगन्ज: लैगिंक मैत्री कक्षा शिक्षणका लागि शिक्षकहरुलाई प्रशिक्षण सुरु गरिएकोछ । बैजनाथ गाँउपालिकाका शिक्षकहरुका लागी दुई दिने लैगिक रुपान्तरण शिक्षण तालिम सुरु गरिएको हो ।
उक्त प्रशिक्षणमा लैगिंक मैत्री कक्षा शिक्षण परियोजना सञ्चालन भएका बिद्यालयका २९ जना कक्षा शिक्षकहरुको सहभागिता रहेकोछ । तालिमको औपचारिक उद्घाटन गर्दै बैजनाथ गाँउपालिकाका अध्यक्ष मान बहादुर रुचाल गाँउपालिकामा शिक्षाको गुणस्तर बृद्धि गर्दै शिक्षा क्षेत्रमा नमुना बनाउन लागि परेको बताए । उनले भने– गाँउपालिकामा देखिएका शिक्षा सम्बन्धि यावत समस्याहरुलाई सम्बोधन गर्दै गाँउपालिका अग्रसर रहेकोछ । शिक्षकलाई प्रदान गरिने लैगिकमैत्री कक्षा शिक्षण प्रशिक्षणले विद्यालयको पठनपाठन मैत्रीपूर्ण हुने बताए ।
यस्तै उद्घाटन शत्रमा बोल्दै बैजनाथ गाँउपालिकाका शिक्षा शाखा प्रमुख विश्वराज ढकाल, स्याककी नेत्रकला शाहीले बालबालिकाहरुको लागि परिवारपछि विद्यालयले शिक्षण प्रक्रिया तथा सिकाई सामाग्रीहरुको माध्यमबाट लैंगिक परम्परागत मूल्य मान्यताहरुलाई बढावा दिने काम गरिरहेको बताँउदै प्रारम्भिक शिक्षाको गुणस्तरमा रहेका चुनौतीका कारण धेरै बालबालिका सिकाइमा कमजोर छन् यो प्रशिक्षणले हटाउनेछ ।
बैजनाथ गाउपालिकाको समन्वयमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा बैजनाथ गाँउपालिकाका शिक्षकहरुलाई प्रशिक्षण दिइएको हो ।
सो प्रशिक्षणमा स्याक नेपाल बाँकेकी प्रशिक्षक नेत्रकला शाही, परियोजना कर्मचारि कल्पना अधिकारी, स्याकका लक्ष्मी शर्मा र प्लान इन्टरनेशनल नेपालका शिक्षा संयोजक संजिवकुमार जोशि र बैजनाथ शिक्षा प्रमुख बिश्वराज ढकालले सहजिकरण रहने छ ।
सस्थाले बाँके जिल्लाको बैजनाथ, खजुरा, जानकी गाँउपालिका, नेपालगन्ज उपमहानगरपालिका र बर्दिया जिल्लाका राजापुर, बारबर्दिया, ठाकुरवावा, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा रहेका ७१ वटा सामुदायिक बिद्यालयमा ‘लैङ्गिक रुपान्तरण मुखि समाबेशी शिक्षा परियोजना मार्फत बिभिन्न कृयाकलाप सञ्चालन गरिदै आइरहेको स्याक नेपालका सिनियर सुपरभाइजर लक्ष्मी शर्मा बताउँछन् ।