नेपालगन्ज : किशोर–किशोरीहरु यौन तथा प्रजनन् स्वास्थ्य बारे खुलेर कुरा गर्नु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
प्लान इन्टरनेशलन नेपालको सहयोग तथा स्याक नेपाल बाँकेको आयोजनामा सञ्चालन गरेको मनोविर्मश र यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि पाँच दिने साथी शिक्षा तालिमका सहभागीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले किशोरकिशोरीका यौनका विषयमा खुलेर कुरा गर्नुपर्ने बताएका हुन । ५ दिने तालिममा मनोसामाजिकको परिचय, मनोसामाजिकका समस्या, मनोसामाजिकका कारणहरु, मनोसामाजिकको पहिचान, किशोरावस्थामा देखिने मनोसामाजिकका समस्या र सञ्चार सीपहरु बारे प्रशिक्षण प्रदान गरीने फिल्ड सुपाईजर पुस्पा सुनारले बताईन् ।
तालिममा सहभागी युवायुवतीहरुलाई प्रशिक्षक निर्जला भट्टराईले यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा सहजीकरण गरेकी थिईन । तालिममा बाँके जिल्लाको आठ वटै स्थानीय तहका सिमान्तकृत समुदायका २९ किशोर किशोरीहरु सहभागी रहेको छ ।