नेपालगन्ज: सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा सवा सातबजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदूरपश्चिमसँगै कर्णाली प्रदेश र प्रदेश पाँचको बाँके, बर्दियाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पबाट के कति क्षति भयो भन्नेबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।