आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस


आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस

नेपालगन्ज : आज अन्तराष्ट्रिय बालअधिकार दिवस बाँके सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ ।

दिवसका अवसरमा आज नेपालगन्जमा प्रभात फेरीको आयोजना गरिदैछ ।

‘सुनिश्चित बाल अधिकार, सम्बृद्व नेपालको आधार’ भन्ने मुल नाराका साथ ३० औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको उपलक्षमा विहान साढे १० बजे प्रभात ¥यालीको आयोजना गरिन लागेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत शोभा शाहका अनुसार विपी चोकबाट सुरु हुने प्रभातफेरीले नगरपरिक्रर्मा गर्नेछ ।
सन् १९८९ नोभेम्वर २० तारिखमा संयुक्त राष्ट्रले बालअधिकार महासन्धीलाई पारित गरेको हो ।

बालअधिकार महासन्धी पारित गरेको मिति अर्थात २० नोभेम्वर हरेक वर्ष अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका रुपमा नेपाल लगायत संसारभरिका विभिन्न देशमा आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि आज नेपाल सरकार तथा बालअधिकार क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८९ नोभेम्बर २० तारिखका दिन बालबालिका सम्बन्धी अन्तर्राष्ट्रय महासन्धी पारित गरेको थियो । सोही दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । नेपालले यो महासन्धीलाई सन् १९९० सेप्टेम्बर १४ का दिन हस्ताक्षरगरी अनुमोदन गरेको थियो ।