(नरैनापुर) बाँके : नेपालगन्ज उपमहानगरपालिका भित्र निजि विद्यालयको चरम लापरबाही भइरहदाँ बाँकेको नरैनापुर गाँउपालिकाले शैक्षिक सुधारमा तदारुक्ता देखाएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१९, बसपार्क पछाडी रहेको ब्रिटिश इङ्लिस बोर्डिङ्ग स्कुलको चरम लापरवाहीका कारण चार वर्षीया बालिकाको ज्यान जोखिममा परेको घटना सार्वजनिक भइरहदाँ गाँउपालिकाले शैक्षिक सुधारमा तदारुक्ता देखाएको हो ।
नरैनापुरमा रहेका शैक्षिक समस्या सुधार गर्नका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा नरैनापुरले समग्र गाँउपालिकाको शैक्षिक सुधार गर्ने भन्दै शिक्षक तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि सम्बन्धि तालिमको आयोजना गरेकोछ ।
तीन दिनसम्म सञ्चालन हुने उक्त अभिमुखीकरण कार्यक्रमको उद्घााटन शत्रमा बोल्दै शिक्षा विकास समन्वय ईकाई बाँकेका प्रमुख रामसुरेश यादवले –‘प्रधानाध्यपक तथा विद्यालय व्यवस्थापन समितिले आफ्नो जिम्मेवारी निष्ठावानरुपमा पुरा गरेमा शैक्षिक सुधार हुने बताए ।’ उनले शैक्षिक सुधारका लागि अभिभावक र बालबालिकाहरुको चेतनास्तर बृद्धि गर्दै विद्यालयले आफ्ना कमीकमजोरीलाई समयमै सुधार्दै लानुपर्नेमा जोड दिए ।
नरैनापुरका बिद्यालयहरुमा भौतिक पूर्वाधारको कमी नरहेको बताउँदै यादवले अब शैक्षिक प्रगति देखाउने समय आएकाले प्रधानाध्यापक र शिक्षकहरु पठनपाठनप्रति गम्भीर हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शैक्षिक सुधारको लागि गाउँपालिकाले कसैसंग सम्झौता नगर्ने बताए । उनले भने गााउपालिकाको समग्र शैक्षिक गुणस्तरता बृद्धिका लागि कहाँ, कस्तो र कुन किसिमको सहयोगको आवश्यकता पर्छ माग अनुसार सहयोग गर्न गाँउपालिका तयार रहेको बताए ।
उद्घाटन शत्रलाई सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष इस्तियाकले भने–शैक्षिक सुधारमा बाधक बन्ने काम आफूलाई सह्य हुनेछैन, बिद्यार्थीको हितमा पठनपाठन गराउदै शिक्षक, व्यवस्थापन समिति सवैले गर्नुपर्ने काम र जिम्मेवारीबाट विमुख नहुन कडा निर्देशन दिए ।
गाउँपालिकाले शिक्षामा सुधार ल्याउनका लागि अहिले दु्रत गतिमा कार्य गरिरहेको बताउँदै जिल्लामै पिछडिएको क्षेत्रको शैक्षिक गुणस्तरता बृद्धि गर्न सबैले सहयोग गर्नुपर्न उनको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दलबहादुुर बस्नेतले नियमित रुपमा बिद्यालय सञ्चालन गरेर मात्रै उपलब्धिमूलक प्रतिफल आउदैन, सबै प्रधानाध्यापक र शिक्षकहरुलाई आग्रह गर्दै उनले भने विद्यालयका कमीकमजोरी र समस्या समाधानतर्फ लाग्नुपर्छ, हामीले गनुपर्ने काम हामी गर्छौं ।
शिक्षा, युवा तथा खेलकुद शाखा नरैनापुरको शिक्षामा सुधार ल्याउनका लागि पालिकामा रहेका बिद्यालयका प्रधानाध्यापक र कर्मचारीहरुको क्षमता अभिबृद्धिमा जुटेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लक्ष्मीकान्त मिश्र बताँउछन् । शैक्षिक सुधारको लागि गाउँपालिका र शिक्षा शाखा सधैं तत्पर रहेको मिश्रको भनाइछ ।
गाँउपालिकाले विद्यालय क्षेत्रमा देखिएको समस्या समाधानका लागि गाउँपालिका स्तरमै बिद्यालयहरुको अनुगमन बढाइएको, पठनपाठनमा कडाई गरिएको, प्रधानाध्यापक, शिक्षक, ब्यवस्थापन समितिका प्रतिनिधिहरुसँग गाउँपालिका तथा शिक्षा शाखाको समन्वयमा नियमित बैठकलाई निरन्तरता दिइएको, क्षमता अभिबृद्धि तथा नेतृत्व विकास लगायतका गतिविधिलाई बढावा दिदै आएकोछ ।
सो अभिमुखिकरणमा गाँउपालिकाका २१ विद्यालयका प्रधानाध्यापक र कर्मचारीको सहभागिता रहेकोछ ।