डुडुवा (बाँके) : नेपालगन्ज जुत्ता–चप्पल व्यवसायीले विद्यार्थीलाई सहयोग प्रदान गरेकाछन् । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–१, स्थित जनता आधारभुत विद्यालयका अति विपन्न बिद्यार्थीलाई उक्त सहयोग प्रदान गरिएको हो ।
विद्यालयका अति विपन्न विद्यार्थीलाई नेपालगन्ज जुत्ता चप्पल ब्यवसायी संघले जुत्ता, चप्पल र म्याट सहयोग प्रदान गरेका छन् । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र बाँकेको पहलमा नेपालगन्ज जुत्ता–चप्पल व्यवसायी संघले उक्त सामग्री प्रदान गरेको हो ।
व्यवसायीले एक सय ३२ जोर कपडाको कालो जुत्ता र मोजाका साथै एक सय २० जोर चप्पल समेत सहयोग गरेकाछन् । सो सहयोगका लागि संघले सदस्य एमपि पोखरेलको संयोजकत्वमा दुई सय ५२ जोर जुत्ता–चप्पल संकलन गरेको थियो ।
त्यसैगरी शनिबार नै जीतपुर बाराको रारा चप्पल उद्योगले वीरगन्जका पत्रकार ओमप्रकाश खनालमार्फत एक सय ४४ जोर चप्पल विद्यालयमा पठाएको छ ।
जसमा १ सय ४४ जोर झन्कार चप्पल, १ सय २० जोर म्याजिक चप्पल र १ सय ३२ एप्पल शुको स्कुल जुत्ता र तारा सप्लार्यसबाट १ सय ४४ जोर मोजा गरि करिव १ लाख बराबरको सामग्री वितरण गरिएको नेपालगन्ज जुत्ता–चप्पल ब्यवसायी संघका अध्यक्ष बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकावडा नम्बर २ निवासी समाजसेवी प्रणिलसिंह हमाल तथा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको समन्वयमा सो सहयोग सम्पन्न भएको संघका सदस्य तथा सामग्री वितरणका संयोजक एमपि पोखरेलले बताए ।
सो विद्यालयको बारेमा केही समय अगाडि समाचार प्रकाशन भएपछि विद्यार्थीलाई सहयोग गरिएको हो । शिक्षा शाखाका प्रमुख सन्जयकुमार कर्ण, विद्याल यब्यवस्थापन समितिका कृष्णगोपाल यादव र प्राधानाध्याप कशिव प्रसाद सापकोटाको उपस्थितीमा उक्त जुत्ता, चप्पल र म्याट वितरण गरिएको छ ।
नेपालगन्ज जुत्ता–चप्पल ब्यवसायी संघको पहलमा यसअघि पनि जेष्ठ नागरिकहरुका लागी नीलसागर बृद्ध आश्रममा केही सहयोग गरेको झन्कार चप्प्लका साकेट अग्रवालले जानकारी दिए ।
जुत्ता–चप्पलकै कारण विद्यालय नियमित हुन नसकेका बालबालिकाले सहयोग स्वरुप पाएको सामाग्रीबाट विद्यालयमा आर्कषण बढ्ने आईएचआरसीका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवाली बताउँछन् । शिक्षाबाट वन्चित नहुन् भनी विद्यार्थीहरुलाई सहयोग गरिएको म्याजिक कम्पनीका विजयशर्माले बताए ।