File Photo
नेपालगन्ज : बाँकेमा उपनिर्वाचनको सरगर्मी चलिरहँदा नेपालगन्ज उद्योग बाणिज्य संघले आफ्नो निर्वाचनको मिति तय गरेकोछ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी नेतृतवका लागि निर्वाचनको मिति तय गरेको हो । संघको कार्यालयमा अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा बसेको बैठकले आगामी माघ ११ गते निर्वाचन गर्ने तयारी गरेको छ ।
‘संघ कार्यालयमा मङ्गलबार बसेको बैठकले माघ ११ गते निर्वाचन गर्ने निर्णय भएकोछ ।’ अध्यक्ष वैश्यले भने–‘बैठकले मिति टुङ्गो लगाउँदै निर्वाचनका लागि अधिवक्ता टिकाजङ्ग शाहीलाई आयूक्तमा चयन गरेको बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको चुनावी मिति तय भएसंगै यतिवेला संघ र नयाँ नेतृत्वका विषयलाई लिएर सामाजिक सञ्जालमा समेत चर्चा चुलिएकोछ ।