कोहलपु :प्राविधिक शिक्षा सञ्चालानार्थ आजबाट महायज्ञ सुरु हुदैछ । बाँकेको बैजनाथ गाँउपालिका वडा नम्बर–४, बानियाभारमा रहेको श्री विपी मेमोरियल माविमा प्राविधिक कक्षा सञ्चालनका लागि महायज्ञ लगाईने भएको हो ।
कक्षा १० सम्म पढाई भइरहेको उक्त विद्यायमा ११ र १२ तहमा प्राविधिक (आईटि) कक्षा सञ्चालनका लागि उक्त महायज्ञ लगाउने लागिएको विद्यालयका प्रधानाध्यापक गुन्जबहादुर केसीले बताए ।
महायज्ञबाट संकलन भएको रकमले विद्यालयमा प्राविधिक कक्षा संचालन गरिने बताउँदै केसीले सकारात्मक उद्देश्यकासाथ सञ्चालन गर्न लागिएको महायज्ञमा सवैको सहभागीताका लागि आग्रह गरे ।
महायज्ञ सञ्चालन सम्बन्धि मङ्गलबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ प्रचारप्रसार उपसमितिका संयोजक प्रकाश शाहले महायज्ञको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
मंसिर ११ देखि १८ गतेसम्म सञ्चालन हुने धार्मिक एवं सांस्कृतिक ज्ञान महायज्ञमा सहभागी हुन शाहले सबैलाई आग्रह समेत गरेका छन ।
विद्यार्थीहरुको क्षमता विकासकासाथै समयानुकुल शिक्षा प्रदान गर्ने उद्देश्यले प्राविधिक शिक्षालय स्थापनको लक्ष्य सहित महायज्ञ संचालन गर्न लागिएको शाह बताउँछन् ।
यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्य आशिष काफ्लेले महायज्ञबाट करिब ८० देखि ९० लाखसम्म रकम संकलन गर्ने लक्ष्य रहेको बताए । उनले विद्यालयको शैक्षिक विकासमा टेवा पु¥याउने अवसरका रुपमा महायज्ञलाई लिइएकोले सहभागी हुन सवैलाई आग्रह गरे ।