आयल निगमसँग सूचना माग


आयल निगमसँग सूचना माग

File Photo

नेपालगन्ज: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्ज र उच्च अदालत बार एशोसिएशन नेपालगन्जले सार्बजनिक सरोकारको विषयमा नेपाल आयल निगमसँग सूचना माग गरेको छ ।

नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ अनुसार सूचना तथा विवरणको प्रमाणित प्रतिलिपीका आधारमा सूचना माग गरेको हो ।

उक्त सूचनामा एलपी ग्यास इन्धन कति जिल्लाको लागि वितरण गरिन्छ, एलपी ग्यास उद्योग कतिवटा छन्, अधिकृत बिक्रेता कति रहेका छन्, एउटा एलपी ग्यास सिलिण्डरको आयु कति वर्ष हुन्छ, एजेन्सी तथा अधिकृत विक्रेताले ग्राहकलाई पठाउने गरेको सबै सिलिण्डर प्रयोग योग्य छन्, छैन्न, नेपाल पेट्रोलियम ऐन २०४० को दफा २२ को (२)(१) ले दिएको अधिकार प्रयोग गरी कुन विषयमा नियम बनाइएका छन् र सो नियमहरूको प्रमाणित प्रतिलिपी समेत उपलब्ध गराउन भनिएको छ ।

उच्च अदालत बार एशोसिएशन तुलसीपुर इजलास नेपालगन्जका अध्यक्ष बिकास आचार्य र इन्सेक प्रदेश ५ का प्रलेख अधिकृत विनोद पाण्डेद्वारा उक्त सूचना माग गर्दै राष्ट्रिय सूचना आयोग र नेपाल आयल निगम प्रदेश ५ कार्यालय भैरहवालाई निवेदन दिइएको छ ।

नेपाल आयल निगम नेपालगन्जका प्रमुख नवविनोद पोख्रेलले माग गरिएका सूचना उपलब्ध गराउने प्रतिबद्धता दिएकाछन् ।