काठमाडौ : सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भूकम्प गएको छ । फुल्पिङ क्षेत्रमा बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएकोछ । भूकम्पको धक्का सिन्धुपाल्चोकसहित त्यसआसपासका जिल्ला र काठमाण्डौमा पनि महसुश भएको खबरछ । भूकम्पले के कस्तो क्षति पु¥याएको छ त्यो यकिन जानकारी प्राप्त हुन सकेकोछैन ।
यसअघि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंसिर ३ गते मंगलबार साँझ भूकम्प गएको थियो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा सवा सातबजे ५.७ रेक्टर स्केलको भूकम्प गएको थियो । एकहप्ताको अन्तरालमा दोस्रो पटक भूकम्प गएकोहो ।