कोहलपुर उपनिर्वाचन–२०७६
कोहलपुरः कोहलपुर नगरपालिका वडा नम्बर–६ मा उपनिर्वाचन अन्र्तगत अध्यक्ष पदका लागि मतदान सकिएकोछ ।
शनिबार विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत षडानन्द तिवारीले बताए ।
यस्तै वडाध्यक्ष पदका लागि आज भएको उपनिर्वाचनमा कुल ८० दशमलव ६५ प्रतिशत अर्थात् एक हजार ६३४ मत खसेको छ । जसमा ७ सय ५१ जना पुरुष र ८ सय ८३ महिलाले मतदान गरेका छन् । दुई हजार २६ मतदाता रहेकोमध्ये ३ सय ९२ मत नखसेको प्रमूख निर्वाचन अधिकृत षडानन्द तिवारीले बताए ।
प्रमुख निर्वाचन अधिकृत षडानन्द तिवारीका अनुसार यतिवेला मतपेटिका मुचुल्का गरी गणना हुने स्थान कृषि विकास बैंकको तालिम केन्द्र पिपरीमा ल्याइएकोछ ।
उनले भने मतगणनाको सवै तयारी पुरा गरेर केही बेरमा सुरु गरिने तयारी भइरहेकोछ ।
मतगणनालाई लक्षित गर्दै बाँके प्रहरीले कडा सुरक्षा व्यवस्था बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताए ।