उपनिर्वाचन –२०७६
नेपालगन्ज:बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर –६, सहित देशभर प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको रिक्त ५२ पदका लागिमतदान सम्पन्न भएकोछ ।
देशभर भएको उपनिर्वाचनमा ६५.४३ प्रतिशत मात्र मत खसेको छ । यसअघि आयोगले ७० प्रतिशत मत खस्ने अनुमान गरेको भएता पनि जम्मा ६५.४३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
जसमध्ये कास्कीको प्रतिनिधिसभाका लागि भएको मतदानमा ६५ प्रतिशत खसेको छ । प्रदेश सभातर्फ भक्तपुरमा ७०, बाग्लुङमा ६१, दाङमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
भने वडा अध्यक्षका लागि बाँकेको कोहलपुरमा ८० दशमलव ६५ प्रतिशत मात्र मत खसेको हो ।