लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान
नेपालगन्ज : यतिबेला देशभर लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छरु । गाउँमा बढ्दो लैंङ्गिक हिंसा घटाउन सम्बद्ध सरोकारवालाले गाउँ केन्द्रित अभियान शुरु गरेका छन् ।
ग्रामीण भेगमा लुकेका र लुकाइएका लैगिंक हिंसाका घटनाको पहिचान र समाधानका लागि सम्बद्ध सरोकारवालाले चासो देखाउँदै गाउँकेन्द्रित कार्यक्रमहरु गरेका हुन् ।
गाउँमा धेरैजसो हुने घरेलु हिंसाका घटना महिलाहरूले नै दबाएर राख्ने गरेकाछन् । फाट्टफुट्ट बाहिर आइहाले पनि स्थानीय स्तरमा मिलापत्र गरि टुङग्याईंदा धेरै जना पीडामाथि पीडा बोकेर बस्नुपर्ने बाध्यता रहेकोछ ।
सचेतनाका कमीले हिंसा लुकाएर बस्नेको संख्या पनि दिनानुदिन बढिरहेकोछ । जसका कारण हिंसापीडित प्रहरीसम्म सहजै जान सक्दैनन् ।
गाउँमा चेतना र न्यायको पहुँच नहुँदा धेरै महिला घरभित्रै हिंसा लुकाउन बाध्य भएको सरोकारवालाको ठहर छ । गाउँमा हुने हिंसाका घटना बाहिर ल्याउन खोज्नेले उल्टै धाकधम्की खेप्नुपर्ने हुदा भित्रभित्रै हिंसा बढेको सरोकारवाला बताउँछन् । पछिल्ला केहि वर्षयता पुरुषमाथि भएका हिंसा पनि बाहिर आउन थालेकाछन् ।
अभियानकै दौरान ग्रामीण समुदायस्तरमा लैगिङक हिंसा सम्वन्धी घटनाहरुको न्यूनीकरण तथा त्यस्ता घटना हुन नदिनका लागि सचेतना अभिबृद्धि गरिएको छ ।
लैगिङ्क हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सोमबार बाँकेको नरैनापुर गाउँपालिकामा बृहत सचेतनामुलक कार्यक्रम गरियो ।समानताको पुस्ता: बलात्कार विरुद्ध एक्यबद्धता भन्ने मूल नाराका साथ ¥यालीले गाँउका विभिन्न वस्ती टोल परिक्रमा ग¥यो ।
विभिन्न संघसंस्थाहरुको सहकार्यमा डुडुवा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ‘समाजमा अशिक्षा तथा चेतनाको अभाव हुदाँ सामाजिक कुरिती, संस्कार र परम्परागत सोच नघट्दा लैगिङ्क हिंसाका घटनाहरु बढी रहेको बताए ।
उनले ग्रामीण समुदायका महिलामात्र नभई पुरुष तथा बुढापाकालाई समेत यसबारे सचेतना अभिबृद्धि गराउन सकिए हिंसाका घटना कम हुने बताए ।
गाउँपालिका उपाध्यक्ष साहिदा बानोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्यद्वय लिलावती यादव, रिता परियार, महिला अगुवा हेमा थापा, समाजसेवी खेमबहादुर बुढाथोकी लगायतले लैगिंक हिंसा विरुद्ध आफ्ना विचार राखेका थिए ।
यसैबीच बाँकेको नरैनापुर गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार मटेहियामा सचेतना ¥याली निकालिएको छ । मटेहिया चोकबाट शुरु भएको वडा नम्बर ५ र ६ को संयुक्त ¥याली महेन्द्र मावि हुँदै गाउँ परिक्रम गरेर पुनः मटेहिया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले महिलामाथि हुने हिंसा अन्त्यका लागि सबै गम्भीर हुनुपर्नेमा जोड दिए । लिंगका आधारमा हुने विभेद अन्त्य नगरेर समतामूलक समाज निर्माण हुन नसक्ने अध्यक्ष शाह बताँए ।
गाँउपालिका उपाध्यक्ष जयन्तिदेबी श्रीवास्तबले लैंगिक विभेद अन्त्यका लागि यस्ता अभियान १६ दिन मात्रै नभएर निरन्तर चलाईनुपर्ने तर्क राखिन् । महिला भएकै कारण हुने विभेद अन्त्यका लागि शिक्षित र सभ्य समाज निर्माण जरुरी रहेको उनको भनाई थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बालविवाहले हिंसा बढाएको बताउँदै बालविवाह कानूनले बर्जित गरेकाले बालबालिकाको शिक्षादिक्षामा अभिभावकहरुले ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
कोणसभामा वडा अध्यक्षद्वय मसुद अहमद शाह र कृष्णचन्द्र मौर्य, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक मान बहादुर विसी र नेपालगन्ज उद्योग बाणिज्य संघकी उपमहासचिव तारा कुमारी खत्री रोकाय, लगायतले आफ्ना धारणा राखेका थिए ।