अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा विविध कार्यक्रम


अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा विविध कार्यक्रम

नेपालगन्ज : २८ औं अन्तर्राष्ट्रिय अपाङ्गगता दिवस मङ्गगलबार बाँकेमा विविध कार्यक्रम गरि मनाइएको छ । ‘दीगो विकासको लक्ष्यः अपाङ्गगमैत्री भविष्य, पहुँचयुक्त भविष्यः बनाउँछौ अवश्य’ भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।

दिवसका अवसरमा नेपालगन्जमा दिवस मुल समारोह समिति नेपालगन्ज उप–महानगरपालिका र नगर स्तरीय अपाङ्गगता सञ्जालको आयोजनामा ¥याली तथा सभा आयोजना गरियो ।

नगरपरिक्रमा ¥याली पुनः उपमहानगरपालिकाको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । सभामा सहभागीहरुले जुनसुकै अवस्था र जहिले पनि मानिसहरु अपाङ्गगता हुन सक्ने भएकाले उनीहरुका सवालमा गम्भीर बन्नुपर्नेमा जोड दिइएकोे थियो ।

कार्यपालिका सामाजिक विकास समितिका सदस्य तथा वडा नम्बर–२ का वडाअध्यक्ष सुनिलसिंह हमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल, महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, कार्यपालिका सदस्य बशन्ता जोशी, देउमल सुनार, बाँके नेत्रहिन संघका भावुकजंग थापा लगायतले अपाङ्गताका सवालमा गम्भीर रहेको बताए ।

यस्तै दिवसका अवसरमा बाँकेको नरैनापुरमा पहिलोपटक सरकारी स्तरबाट अपाङ्गता दिवस मनाइएकोछ । सो अवसरमा अपाङ्गता भएका १० जनालाई सम्मान गरिएको नरैनापुर महिला तथा बालबालिका शाखाकी प्रमुख कृष्णा कुमारी चन्दले बताईन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले सेतो र पहेंलो कार्ड भएकाहरुलाई पनि भत्ता दिन माग गरेका छन् । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहले अपाङ्गता भएका व्यक्तिहरुलाई निःशूल्क र सहज सेवा सुविधा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनमा जोड्न सीपमूलक तालिम सञ्चालन गरिने बताए । अपाङ्गता भएकाहरुको व्यक्तित्व विकासका लागि गाउँपालिका संवेदनशील रहेको उन भनाई छ ।

यस्तै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा न्यानो कपडा तथा फलफुल वितरण गरिएकोछ । बाँकेको जानकी गाउँपालिकाले २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर न्यानो कपडा र फलफूल वितरण गरेको हो ।
हिँडडुल समेत गर्न नसक्ने अवस्थामा रहेका अपाङ्गता भएका व्यक्तिलाई दिवसको अवसरमा न्यानो कपडा र फलफूल वितरण गरिएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिए ।

गाउँपालिकाका छ वटै वडा कार्यालयसँगको समन्वयमा अपाङ्गता भएका व्यक्तिलाई चिसोमा ओढ्ने न्यानो कपडा (कम्वल) र फलफूल वितरण गरियो ।

गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले गाउँपालिका भित्र अपाङ्गतामैत्री वतावारण बनाउँदै शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको पहुँच बृद्धिका लागि योजना बनाईएको बताए ।

जानकी गाउँपालिकाका छ वटै वडामा दुई सय ९६ जना अपाङ्गता व्यक्ति रहेका छन् । ती मध्ये पूर्णरुपमा अपाङ्ग रातो कार्ड प्राप्त ३८ जना रहेको गाउँपालिकाका सूचना अधिकृत विकास जिसी बताउँछन् ।