नेपालगन्ज : प्रदेश पाँचका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले विकास निर्माणका कामहरुमा सवैको एकमत हुनुपर्नेमा जोडदिएकाछन् ।
बाँकेको बैजनाथ गाँउपालिका वडा नम्बर–६, मा रहेको न्यू हरियाली सामुदायिक वनको १३ औ वार्षिक साधारण सभामा बोल्दै मन्त्री गिरीले यस्तो बताएका हुन् ।
उनले भने–‘राजनैतिक र बैचारिक हिसावले हरेक पार्टिको मत फरक भए पनि विकास निर्माणका कामहरुमा सबैको एकमत हुनुपर्छ ।’प्रदेशका जनताले सम्बृद्धी र खुसीयाली रोजेको बताउदै उनले विस्तारै देश आर्थिक सम्बृद्धी तर्फ गैरहेको बताउँदै सामुदायिक वनबाट घास र दाउरा मात्र नभई यसको विकासमा समेत सवैले ध्यायन दिनुपर्ने बताए ।
मन्त्री गिरीले सामुदायिक वनको विकाससगैं आर्थिक समृद्धिका लागि होमस्टेको प्रर्बद्धन गरिनुपर्छ । निर्वाचन पछिका २ वर्ष सरकारले कानून बनाउनका निमित्त खर्चिएको बताउदै उनले अबको समय विकास निर्माणको भएको उल्लेख गरे ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश प्रदेश ५ का सांसद याकुब अन्सारी र उषा पुनले पनि सामुदायिक वनको प्रबर्धनसंगै जडिबुटिको निकासीले आर्थिक सम्बृद्धी सम्भव हुने बताए ।
न्यू हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नन्द विश्वकर्माको सभापतित्वमा भएको उद्घाटनशत्रमा बैजनाथ गाँउपालिकाका उप–प्रमुख शारदा रेग्मी विक, नेकपा जिल्ला कार्यसमिति सचिब अशोक कोईराला, नेपाली काँग्रेसका बाँकेका सचिब कपिल शर्मा, डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठ, सामुदायिक वन उपभोक्ता समुह महासंघ प्रदेश ५ का अध्यक्ष बसन्ती अधिकारी लगाएतले सामुदायिक वनको प्रबद्र्धनमा लाग्न जोड थिए ।