नेपालगन्ज :जानकी गाँउपालिकाले १६ औं राष्ट्रिय स्वास्थ्य स्वयंसेविका दिवस भव्य रुपमा मनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा बिहीबार आयोजित कार्यक्रममा १८ जना स्वयंसेवीकालाई उत्कृष्ठ कार्य गरे वापतको सम्मान तथा नगद पुरस्कारबाट पुरस्कृत समेत गरेको छ ।
गाउँपालिकाको प्राङ्गनमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले स्वास्थ्य स्वयंसेवीका जस्ता निस्वार्थ र पवित्र कार्य गर्ने सबैलाई गाउँपालिकाले उच्च सम्मान गरेको बताए ।
कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि खत्रीले गाउँपालिकाले नीति र कार्यविधिका आधारमा स्वास्थ्य स्वयंसेवीकालाई सम्मान गर्ने बताए ।
उनले जानकी गाउँपालिकामा स्वास्थ्यसँग सम्बन्धित राष्ट्रिय र स्थानीय कार्यक्रमलाई सफल बनाउन स्वास्थ्य स्वयंसेवीकाले गरेको योगदानको प्रशंसा गरेका थिए ।
कार्यक्रममा जानकी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दलबहादुर रानाले नेपालको इतिहासमा महिला स्वास्थ्य स्वयंसेवीकै प्रभाकारी भुमिका भएकोले बाल, सुत्केरी मृत्युदर अत्यन्तै प्रभाकारी रुपमा घटेको बताए ।
कार्यक्रममा वडा नम्बर–४, अध्यक्ष विश्राम वर्मा, वडा नम्पर–६ का अध्यक्ष सुरेश अहिर र कार्यपालिका सदस्य लगायतको सहभागितामा उक्त कार्यक्रम गरिएको थियो ।