महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका महत्वपूर्ण


महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका महत्वपूर्ण

नेपालगन्ज : १६ औ महिला स्वास्थ्य स्वयम्सेविका दिवस बाँकेको डुडुवा गाउँपालिकामा मनाइएको छ । गाउँपालिकास्तरीय आयोजित कार्यक्रममा समुदाय स्तरमा स्वयम्सेवी मानवियताको भावनाले काम गर्ने महिला स्वास्थ्य स्वयम्सेविकाको काम र जिम्मेवारी निकै महत्वपुर्ण भएको सहभागिहरुले बताएका थिए ।

स्वास्थ्य स्वयम्सेविकाहरुले दिनरात समुदाय स्तरमा स्वास्थ्यका क्षेत्रमा खटिएर काम गरिरहेका छन । गाउँपालिकाले उनीहरुको कामको मुल्याकंन गर्दै आगामी वर्षदेखि प्रत्येक स्वयम्सेविकालाई आवात जावतमा सहजताका लागि साइकिल प्रदान गर्ने योजना रहेको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनले स्वयम्सेविकाहरुको भूमिका जस्तै रहेका आमा समुहरुलाई समेत सक्रिय बनाइ स्वास्थ्य शिक्षालाई व्यापकता दिने प्रतिबद्धता गरे ।
गाउँपालिका अन्र्तगत रहेका ६ वटा वडामा ५९ जना महिला स्वास्थ्य स्ेवयम्सेविकाहरु कार्यरत रहेका छन ।

बिहिबार आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष गजेन्द्र कैराती, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा लगायतले बोल्नेका थिएा ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई विभिन्न प्रतियोगिता समेत गरिएको थियो ।