जिभिएन स्कुलमा फुड फेस्टिबल


जिभिएन स्कुलमा फुड फेस्टिबल

नेपालगन्ज : नेपालगन्जस्थित ज्ञानोदय विद्या निकेतन (जिभिएन) स्कुलले फुड फेस्टिभल तथा साँस्कृतिक कार्यक्रम गरेकोछ । विद्यालय प्राङ्गणमा आज शुक्रबार फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

शिक्षक तथा विद्यार्थीले बनाएका बिभिन्न परिकार प्रदर्शनीमा राखिएको थियो । भने बिद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत गरेका थिए । कक्षागत पढाईसगैं ब्यवहारिक ज्ञानमा जोड दिदै विद्यालयले उक्त कार्यक्रम गरेको हो ।

विद्यालयले हरेक वर्ष विद्यार्थी अन्र्तनिहित प्रतिभा तथा क्षमता प्रस्फुटन गराउन यसखाले रचनात्मक कार्य गर्दै आएको विद्यालयका सञ्चालक तोजेन्द्र बिकले जानकारी दिए ।

फुड फेस्टिभलबाट विद्यार्थीले कुन परिकार कसरी पकाईन्छ, त्यसमा प्रयोग हुने सामाग्री लगायतका ब्यवहारिक ज्ञान समेत पाएको विद्यालयका सञ्चालक तोजेन्द्रले बताए । उनले भने– ‘यस किसिमको रचनात्मक क्रियाकलापमा विद्यार्थीले बढि ध्ययान दिन्छन् ।’