नेपालगन्ज: जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले कोहलपुरमा लाग्ने निर्णय अझैं गरिनसकेको जानकारी दिए ।
आईतबार दिउँसो ३ बजेर १५ मिनेटमा सेतोखरीले सम्र्पक गर्दा सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने –‘कर्फ्यु लाग्ने निर्णय अझै भइसकेको छैन, छलफलमै छौैं, प्रहरीले कोहलपुरमा सडकमा रहेका मानिसलाई आफ्नो घरमा बस्न माइकिङ्ग गरिरहेको छ । कर्फ्यु लाग्ने नलाग्ने केहीबेरमा थाहा हुन्छ ।’
कोहलपुरमा ट्रकले छात्रा प्रकति चन्दलाई किचेपछि कोहलपुर तनावग्रस्त छ।