कोहलपुर घटना मथ्थर बनाउन सर्वदलिय बैठक


कोहलपुर घटना मथ्थर बनाउन सर्वदलिय बैठक

तस्विरः दामोदर भण्डारी /सेतोखरी

पिपरी(कोहलपुर): कोहलपुरमा आईतबार घटेको घटनालाई मथ्थर बनाउन सर्वदलिय, सर्वपक्षिय बैठक सुरु भएकोछ । घटनालाई समाधानतर्फ लैजान कोहलपुरको पिपरीमा सर्वदलिय, सर्वपक्षिय बैठक बसेको हो ।

उक्त बैठकले कोहलपुरमा घटेको घटना र आन्दोलनलाई मथ्थर गर्नका लागि विशेष भूमिका खेल्ने स्थानीय बताँउछन् । सोमबारपनि विद्यार्थीहरु सडकमा उत्रिएपछि तोडफोड तथा विध्वंसात्मक गतिविधि हुनसक्ने भन्दै कोहलपुर प्रहरीले राजमार्ग र आसपासको सुरक्षाको व्यवस्था बलियो बनाएको कोहलपुरका प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाही बताउँछन् । घटनालाई मथ्थर गरि समस्या समाधान तथा पीडितलाई न्याय दिलाउनका लागि गम्भीररुपमा लागेको उनले बताए ।

आईतबार भएको आन्दोलनमा डिएसपी शाही लगायत दर्जनबढि सुरक्षाकर्मी र विद्यार्थी घाईते भएका थिए । घाईते भएका मध्ये धेरैको कोहलपुरमै उपचार गरिएको छ भने गम्भीर घाईतेभएकाहरुलाई थप उपचारका लागि आईतबार नै सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएर उपचार भइरहेको डिएसपी शाहीले बताए ।

आईतबार बसेको सर्वदलिय, सर्वपक्षिय बैठकले कोहलपुर क्षेत्रमा घटना मथ्थर गर्न निषेधाज्ञको माईकिङ्ग गरेपनि पूर्ण निषेधाज्ञा(कफ्र्यु) भने घोषणा नगरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय बताउँछन् । उनले भने –‘हामी समस्या समाधानका लागि लागिपरेका छौं, सोमबार साँझसम्म समस्याको समाधान आउनसक्छ ।’