घाइतेको उपचारका लागि नगरपालिकाद्वारा दुई लाख सहयोग घोषणा


घाइतेको उपचारका लागि नगरपालिकाद्वारा दुई लाख सहयोग घोषणा

नेपालगन्ज: बाँकेको कोहलपुर नगरपालिकाले आईतबार भएको ट्रक दुर्घटना र आन्दोलनका घाइतेलाई उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

कोहलपुर नगरपालिकाका कार्यबाहक मेयर सञ्जुकुमारी चौधरीको अध्यक्षतामा बसेको कोहलपुर नगर कार्यपालिकाको बैठकले उपचारका लागि दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले घटनामा संलग्न तत्वलाई कारवाहीका लागि निश्पक्ष छानविन आयोग गठन गरि दोषी माथी कारबाही गर्न र निदोर्षलाई न्याय उपलन्ध गराउनका लागि सम्वन्धीत निकायमा माग गर्ने र शान्ती क्षेत्र विद्यालय भित्र गएर विद्यार्थी माथी कारवाही गर्ने कार्य निन्दनीय भएकोले यस्तो व्यवहार प्रति खेद प्रकट गर्ने निणर्य समेत गरेको छ ।

उक्त बैठकले कोहलपुर क्षेत्रमा शान्ती सुरक्षा सुव्यवस्था कायम गर्नका लागि राजनैतिक दल, मानबअधिकार, नागरिक समाज, उद्योगी, व्यापारी, विद्यार्थी तथा शिक्षक संघ संगठन अभिभावक लगायत विद्यालय व्यवस्थापन समिती र कोहलपुर क्षेत्रका जनता सबैले शान्ती अमनचयन कायम गराई जनजिवन सुचारु गराउने कार्यमा सहयोग गर्ने समेत अनुरोध गर्ने निर्णय गरिएको छ ।