अधिकांसक्षेत्र टेलिफोनको पहुँच बाहिर


अधिकांसक्षेत्र टेलिफोनको पहुँच बाहिर

नेपालगन्ज : बाँकेको निर्वाचन क्षेत्र दुईमा पर्ने नरैनापुर गाउँपालिकाका सबै क्षेत्रमा टेलिफोनको पहुँच विस्तार अझैं हुन सकेको छैन् । पहुँच भएका स्थानमा समेत टेलिफोन सेवा प्रभावकारी देखिदैन् । यसले यस क्षेत्रका उपभोक्ताले सास्ती भोग्दै आउनु परेको छ ।

नरैनापुरमा टेलिफोन सेवा प्रभावकारी बनाउँन यसअघि स्थानीयले स्थानीय तहका प्रतिनिधी र नेपाल टेलिकम कार्यालयलाई समेत आग्रह गरेका थिए । तर, सम्बन्धित निकायको उदासिनले अहिले पनि नरैनापुरका सबै वडा र क्षेत्रमा प्रभावकारी टेलिफोन सेवा विस्तार हुन नसकेको स्थानीय बताउँछन् ।

स्थानीयको चरम गुनासो र माग आएपछि नरैनापुरको टेलिफोन सेवा सुधारका लागि नेपाल टेलिकमले तत्कालै काम शुरू गर्ने यसअघि बताएको थियो ।

यसका लागि टेलिकमका साबिकको मध्यपश्चिम क्षेत्रीय निर्देशनालयका प्राविधिक प्रमुखसहित जनप्रतिनिधीहरूको एक टोलीले नरैनापुरका विभिन्न स्थानको अवस्था समेत बुझेको थियो ।

यद्यपी नरैनापुर गाँउपालिका क्षेत्रमा टेलिफोनको पहुँच विस्तार अझैं हुनसकेकोछैन । कमजोर नेटवर्कका कारण अहिलेपनि नरैनापुर क्षेत्रका स्थानीयबासीले सास्ती भोग्नु परिरहेकोछ ।

आकाशमा बादल लागे, चिसो मौसममा हुस्सु लागेसगैं भएको नेटर्वक प्रणाली समेत कमजोर हुन्छ । अरुसमय भन्दा वर्षात र चिसो महिनामा सो क्षेत्रको टेलिफोन गुणस्तरता निकै कमजोर हुनेगरेको स्थानीयबासी बताँउछन् ।

गतवर्ष स्थानीयले जनप्रतिनिधीलाई प्रभावकारि टेलिफोन सेवा विस्तारका लागि आग्र गरेलगत्तै टेलिकमका प्राविधिक प्रमुख शिव खनाल लगायतको टोलिले त्यस क्षेत्रका सबै टावरहरूको स्थलगत अनुगमन समेत गरेर फकेको थियो ।

टेलिकमका प्राविधिक प्रमुख सहतिको टोलीले स्थलगत अध्ययन गरि फर्केको एक वर्ष भन्दा बढि समय वितिसक्दा पनि टेलिफोन सेवामा सुधार नआएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले जानकारी दिए ।

नरैनापुर क्षेत्रमा इन्टरनेट र फोन सेवालाई प्रभावकारी बनाउनको लागि टावरहरूको क्षमता विस्तार र केही नयाँ टावर समेत स्थापना
गरिने तयारी भएपनि सो अनुरुप नभएको अध्यक्ष शाहले बताउँछन् ।

गाउँपालिकाका सबै गाउँहरूमा नेटवर्कले काम गर्नेगरी टावरको क्षमता विस्तार भइरहेको साबिकको मध्यपश्चिम क्षेत्रीय निर्देशनालय बताँउछ ।