नेपालगन्ज: नेपालगन्ज उप–महानगरपालिकाले चालु आर्थिक वर्षका योजनाको अनूगमनलाई तिव्रता दिएको छ ।आगामी चैत महिनाभित्रै चालु आर्थिक वर्षका सवै योजना सम्पन्न गर्ने नीति लिएको नेपालगन्ज उपमहानगरपालिकाले अनूगमनलाई तिव्रता दिएको हो ।
उपमहानगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पौडेलको नेतृत्वमा प्राविधिकसहितको टोलीले बुधबार उपमहानगरपालिकाका वडा नम्बर १९, २१ र २२ मा भइरहेको योजनाको कार्यान्वयनको अवस्था बारे जानकारी लिएको छ ।
अनूगमन टोलीले योजनाको कार्यान्वयनको अवस्थाबारे जानकारी लिएको बरिष्ठ कार्यक्रम अधिकृत पौडेलले बताए । अनूगमनका क्रममा वडामा पुग्दा उपभोक्ता समितिको गठन सुरु भएको, लागत स्टिमेट बनिरहेको पाइएको पौडेलले बताए ।
लागत स्टिमेट तयार नभएका योजनाको छिटो काम गर्न टोलीले निर्देशन दिएको छ । उपमहानगरपालिकाले योजना अनुगमनको कार्यलाई तिव्रता दिएपछि कार्य तिव्रतामा प्रगति भएको छ ।