कोहलपुरमा डिएसपी कुलदीप


कोहलपुरमा डिएसपी कुलदीप

नेपालगन्ज: प्रहरी प्रधान कार्यालयले कोहलपुरका डिएसपी हेमबहादुर शाहीलाई बाँके जिल्ला प्रहरी कार्यालयमा हाजिर गराएसगैं कोहलपुर ईलाका प्रहरी कार्यालयमा डिएसपी कुलदीप चन्दलाई जिम्मेवारी दिइएको छ ।

उनलाई प्रहरी प्रधान कार्यालयले काज सरुवाका रुपमा कोहलपुर पठाएको हो ।

डिएसपी शाही तरुण दलका नेतालाई टेलिफोन धम्की र केही दिनअघि स्कुले विद्यार्थीमाथि दमन गरेर विवादित बनेका थिए । उनीमाथि आन्तरिक छानबिन सुरू भएको छ ।

प्रहरी प्रधान कार्यालयले काज सरुवामा पठाएका चन्द हाल आइजीपी सचिवालय मातहतको उजुरी शाखामा कार्यरत थिए । त्यसअघि महानगरीय प्रहरी वृत कमलपोखरीमा कार्यरत रहँदा डीएसपी चन्द उत्कृष्ट प्रहरी वृतपति घोषित भएका थिए ।