कोहलपुर :बाँके राष्ट्रिय निकुञ्जमा जनवरी १ देखि औपचारीक जङ्गल सफारी खुल्ला गरिने भएको छ । भ्रमण वर्ष २०२० को अवसरमा विशेष कार्यक्रमको आयोजना गरी बाँके राष्ट्रिय निकुञ्जको औपचारिक उद्घाटन गरिने भएको हो ।
औपचारीक उद्घाटन नगरेरै बिगत दुई वर्षयता जंगल सफारी गराउँदै आएको निकुञ्जले जनवरी १ लाई विशेष दिनका रूपमा मनाउने तयारी गरेको हो ।
प्रदेशस्तरीय पर्यटन प्रर्बधन समितिको सचिवालय बैठकले प्रदेश पाँचको बाँके र बर्दियामा सफारी उद्घाटन समारोह सञ्चालन गर्ने निर्णय गरेको बैठकमा हसभागी कोहलपुरका कृष्ण चौधरीले बताए ।
उक्त बैठकले बाँके र बर्दियाको पर्यटन प्रर्बधनलाई महत्व दिदै भ्रमण वर्षको प्रदेशस्तरीय मुख्य उद्घाटन कार्यक्रम यि जिल्लामा गर्ने निर्णय गरेको सचिवालय सदस्य समेत रहेका चौधरीले बताए ।
उनका अनुसार, भ्रमण वर्ष सुरुवात हुने दिन जनवरी १ मा मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा बर्दियाको ठाकुरद्वारामा बिहान ११ बजे शुभारम्भ कार्यक्रम गरिने छ ।
उक्त कार्यक्रममा प्रदेशमा मन्त्री, सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश सभाका सभापतिहरु, बर्दियाका सभासद, प्रदेशका १२ जिल्लाका जिल्लास्थित पर्यटन प्रर्बधन समितिका संयोजक, स्थानीय तहका प्रमुख उपप्रमुखलाई निमन्त्रणा गर्ने निर्णय भएको छ ।