सहुलियत दरमा दाउरा विक्रि


सहुलियत दरमा दाउरा विक्रि

नेपालगन्ज : जिल्ला वन पैदावर आपूर्ति समिति बाँकेले सहुलियत दरमा दाउरा बिक्रिवितरण शुरू गरेको छ । यस वर्षको चिसो बढ्दै गर्दा नेपालगन्जमा सर्वसाधारणको लागि सहुलियत दररेटमा दाउरा बिक्री बितरण शुरु गरेको हो ।

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि आपूर्ति समितिले जाडो समयको लागि सहुलियत दरमा दाउरा बिक्री बितरण शुरु गरेको छ । ‘प्रत्येक जाडो सिजनमा जस्तै यो सिजनमा पनि सर्वसाधारणको लागि सहुलियतमा डिभिजन वन कार्यालयबाट दाउरा बिक्री बितरण शुरु गरेको वन पैदावर आपूर्ति समितीका सदस्य सचिव नारायण पार्धे बताउँछन् ।

सर्वसाधारण नागरिकले नागरिकताको एक प्रति फोटोकपी लगेर गएमा प्रति व्यक्ति ७ सय रूपैयामा एक क्विन्टल दाउरा पाउने उनी बताउँछन् ।
एक व्यक्तिलाई एक क्विन्टल दाउरा उपलब्ध गराईरहेका उनले भने ‘स्थानीय बजारमा हाल दाउराको मूल्य एक हजार २ सय रूपैयाँ प्रति क्विन्टल छ ।’

हाललाई तीन चट्टा दाउरा बिक्री बितरण गर्ने योजना रहेको छ । सर्वसाधारणको माग बढी आएमा त्यो भन्दा धेरै पनि दाउरा बितरण गरिने उनी बताउँछन् ।