नेपालगन्ज :बाँकेको खजुरा गाउँपालिकाले यस पालिकामा रहेका विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय पठाउँन निर्देशन दिएको छ ।
गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले विशेष गरी मधेशी, दलित र मुस्लिम बालिकाको शिक्षामा गाउँपालिका सम्वेदनशिल रहेकोले अन्य समुदायले पनि आफना बालबालिका अनिवार्य विद्यालय भर्ना गर्न निर्देशन दिएका हुन् ।
गाउँपालिका अध्यक्ष कक्षपतिले बालिकालाई विद्यालय पढ्न पठाउन निर्देशन दिदै अभिभावकलाई घरमै गएर सम्झाउने र बालिकालाई विद्यालयमा पठाउन वातावरण बनाउँने तर्फ भुमिका खेल्ने पनि बताए ।