आर्दश माविमा विद्यार्थीको शैक्षिक प्रर्दशन


आर्दश माविमा विद्यार्थीको शैक्षिक प्रर्दशन

नेपालगन्ज :यहाँस्थित आदर्श माविमा विद्यार्थीद्वारा निर्मित सामग्रीको शुक्रवार विशेष प्रदर्शनी गरिएको छ । हरेक वर्षझैं यसवर्ष पनि चित्रकला, हस्तकला र विज्ञान कला प्रदर्शनी गरिएको हो ।

पढाईका अलावा विद्यार्थीहरुको अतिरिक्त प्रतिभाको प्रस्फुटन र विकासका लागि विद्यालयले हरेक बर्ष प्रदर्शनी गर्दै आएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जय थापाले रिवन काटेर प्रदर्शनीको शुभारम्भ गरेका थिए ।

थापाले विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार श्रृजनात्मक र रचनात्मक कार्यक्रम गर्दै आएको बताए । विद्यार्थीहरुले आफैंले तयार गरेका चित्रकला, हस्तकला र विज्ञानसम्बन्धि विभिन्न सामग्रीहरु प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनी अवलोकनका लागि अभिभावकहरु झरी र चिसोलाई छिचोल्दै हौसला बढाउन विद्यालय पुगेका थिए । प्रतिभाको अवलोकन गर्दै अभिभावकले विद्यार्थी र विद्यालयको कदमप्रति सह्राना गरेका थए ।

विद्यार्थीहरुको अतिरिक्त प्रतिभाको विकासका लागि विद्यालयले प्रदर्शनी कार्यक्रमको आयोजना गरेको सहप्रधानाध्यापक टंकप्रसाद गौतमले बताए ।