नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन आउँन करिब डेढ महिना बाँकी रहँदा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक उद्योग ब्यापार संगठनले वार्ता टोली गठन गरेको छ ।
निर्वाचनमा आफ्नो समुह उठाउने निर्णय सहित अन्य समुहसँग छलफलको लागि वार्ताटोली गठन गरिएको हो । यसका लागि सलाउदिन जसगढको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन गरिएको वार्ता टोलीका सदस्य सचिव ऋषिराज देवकोटाले जानकारी दिए ।
उक्त समितिलाई ११ दिनभित्र अन्य समूहसँग छलफल र वार्ता गरि निर्वाचनमा राप्रपाको सहभागी कस्तो रहने भन्ने बारे एकिन प्रतिवेदन पेश गर्न राप्रपा बाँकेले निर्देशन समेत दिएको छ ।