नेपालगन्ज : द आर्ट अफ लिभिङ् (एओएल) नेपालगन्ज सेन्टरको कार्यालय आइतबार उद्घाटन भएको छ । द चेम्वर अफ कमर्स नेपालगन्जका अध्यक्षसतिश कुमार अग्रवाल र वरिष्ठ चिकित्सक डा. निर्मल ज्ञवालीले आइतबार संयुक्त रूपमा एओएलको उद्घाटन गरेका हुन् ।
सुर्खेतरोड स्थित नवनिर्मित वेष्टर्न विजनेस ग्रुपको पहिलो तलामा यो कार्यालय स्थापना गरिएको छ । यसबाट एओएलका गतिविधिलाई व्यापक वनाउन सहज हुने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा सेन्टरका संयोजक सञ्जय थापा, एओएलका टिचर काव्य लम्साल लगायतको सहभागीता थियो ।