टिटीहिरियामा अन्तरपुस्ता सम्वाद


टिटीहिरियामा अन्तरपुस्ता सम्वाद

नेपालगन्ज: बालबालिका बेचविखन र बाल विवाह न्यूनीकरणका लागि अन्तर पुस्ता सम्वाद कार्यक्रम गरिएको छ । प्लान नेपालको सहयोग तथा बैजनाथ गाउँपालिकासँगको सहकार्यमा बाँके यूनेस्को क्लवले बाँकेका विभिन्न स्थानमा अन्तर पुस्ता सम्वाद कार्यक्रम गरिरहेको छ ।

जनप्रतिनीधी, बाल अधिकार समितीका पदाधिकारी, शिक्षक, बालबालिका, किशोर, किशोरी, महिला, प्रहरीलाई लक्षित गर्दै आइतबार बैजनाथ गाउँपालिका वडा न ८ टिटीहिरियामा सचेतनात्मक सहजिकरण गरिएको हो ।

कार्यक्रममा सम्वाद, अन्तर पुस्ता सम्वाद, सम्वाद प्रक्रिया, बाल विवाह र वेचविखन न्यूनीकरणमा सम्वादद्धारा गर्न सकिने भूमिका लगायतका विषयमा सम्वाद समूह बाँकेका सहजकर्ता एवं पत्रकार शुक्रऋषि चौलागाईले सहजिकरण गरेका हुन् ।

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष भगन थारुले बालबालिकाका लागि छुट्याइएको बजेटको उचित सदुपयोगका लागि स्वयं बालबालिका लगायत पक्ष पनि जिम्मेवार र अग्रसर हुनुपर्ने आवश्यक्ता औल्याए ।

हर क्षेत्रमा सम्वादको आवश्यक्ता र महत्व बढ्दै गएको बताउँदै उनले यसको व्यापकता र थप प्रभावकारिताका लागि वडा कार्यालय प्रतिवद्ध रहेको उद्घोष गरे ।

बाँके यूनेस्को क्लवका फिल्ड सुपर भाइजर शंकर सिंह थारुद्वारा सञ्चालन गरिएको कार्यक्रममा वडा सचिव नीमबहादुर थापाले वडा कार्यालयको गतीवीधी, योजना र कार्यक्रम बारे स्पष्ट पारेका थिए । अध्यक्ष थारु र सहजकर्ता चौलागाईले सहभागिद्वारा राखिएको विभिन्न जिज्ञाशा मेटाएका थिए ।