प्रदेशको नाम ‘लुम्बिनी’ राजधानी अझै विवादीत


प्रदेशको नाम ‘लुम्बिनी’ राजधानी अझै विवादीत

नेपालगन्ज : प्रदेशको स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । स्थायी राजधानीका लागि रूपन्देहीको सैनामैना (बुटवल पश्चिम), कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ/लमही क्षेत्रलाई प्रस्ताव गरिएको छ ।

प्रदेशको नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिए पनि स्थायी राजधानीको विषयमा भने विवाद कायमै छ । बुटवलबाट पश्चिम रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि वा दाङलाई राजधानी सिफारिस गरिएको विशेष समितिका एक सदस्यले बताए । अहिले प्रदेश पाँचको अस्थायी राजधानी रूपन्देहीको बुटवल तोकिएको छ ।

बाह्रै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी हुन सक्ने स्थानहरू सिफारिस गरी प्रतिवेदन तयार पारिएको विशेष समितिका संयोजक दीपेन्द्रकुमार पुन बताउँछन् । प्रतिवेदन पुसको दोस्रो साता शुरू हुने प्रदेश सभाको बैठकमा प्रस्तुत गरिनेछ ।

प्रदेशको राजधानी र नाम संसदको दुई तिहाइ बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा सत्तारूढ नेकपाको दुई तिहाइ बहुमत छ । तर, राजधानीका विषयमा नेकपाको एकमत देखिदैन् । नेकपाभित्रै रूपन्देही र दाङका विषयमा मत विभाजन छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रदेशसभामा सत्तारूढ नेकपाका ६१, कांग्रेसका १९, समाजवादीका ५, राजमो र राजपाका एक/एक सांसद छन् । २०७५ साउनमा गठन भएको समितिले दुई पटक म्याद थप गर्दै १६ महिना लगाएर राजधानी र प्रदेशको नाम सिफारिस गरी प्रतिवेदन तयार पारेको हो ।