पर्यटन मार्ग निर्माणमा जुट्दै गाउँले


पर्यटन मार्ग निर्माणमा जुट्दै गाउँले

नेपालगन्ज : बाँकेको कोहलपुरस्थित खड्कवार हुँदै सल्यानको घुइयाबारी जोड्ने अन्तर प्रदेश पर्यटन मार्ग निर्माण गरिने भएको छ । यसका लागि पहल गर्न तदर्थ समिति गठन गरिएको छ ।

बिहीबार कोहलपुरको चप्परगौंडीमा भएको बृहत भेलाले सुर्य ढकालको संयोजकत्वमा ३३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सह सयोजक साबित्री पुन रहेकी छन । सदस्यहरुमा कोहलपुर नगरपालिका वडान १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का, कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष ओमप्रकाश ओली, कोहलपुर नगरपालिका कार्यपालिका सदस्य नारायणी ओली, टेक बहादुर शाही, बलराम भट्टराई लगायत रहेका छन ।

पहिलो चरणमा कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेश पाँचका मुख्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । दुबै प्रदेशका योजना आयोगका उपाध्यक्षहरुसँग भेट गरि पर्यटन मार्ग निर्माका लागी पहल गरिदिन आग्रह गर्ने योजना समेत रहेकाछ ।

उक्त सडक निर्माणका लागी यसअघि दुई पटकसम्म बजेट बिनियोजन भएर पनि सम्बन्धित निकायको उदासिनताले उक्त योजना अहिलेसम्म अलपत्र परेको थियो ।