नेपालगन्ज : बाँकेको नेपालगन्जस्थित भारतीय सीमा क्षेत्र जुमनाह नाकामा दर्जनबढी सरकारी तथा गैरसरकारी उद्दारबादी संस्थाका अड्डा जमाएर बसेका छन् । तर, यहि नाका हुँदै दैनिक नेपाली महिला, बालबालिका र नागरिक भारतीय बजारमा बिक्रि वितरणका लागि भइरहेका छन् ।
बैदेशिक रोजगारी होस् वा यो या त्यो बहानामा दैनिक कतिपय नेपाली विचाौलिया, दलालको सहयोगमार्फ भएपनि भारतीय बजारमा जाने गरेका छन् ।
यसले थुप्रै नेपाली नागरिक भरातीय शहरहरूमा बेचिने, बलात्कृत हुने लगायतका घटनाहरू हुँदै आइरहेका छन् । सीमानाकामा सरकारी हेल्प डेक्ससँगै माइती नेपाल, शक्ति समूह, केआई नेपाल लगायतका गैरसरकारी निकायहरू छन् ।
माइती नेपालले बेलाबखतमा नेपाली महिला, बालबालिका र नागरिकको उद्दार गरेको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । तर, शक्ति समूह र केआइ नेपाल भन्ने गैरसरकारी निकाय त नाम मात्रैका उद्दारबादी निकाय झै देखिएका छन् ।
केआइ नेपालले फाटफुट काम गरेको देखिएपनि शक्ति समूहको भने सीमा नाकामा सक्रियता देखिदैन्। सरकार निकाय पनि एकदमै गैरजिम्मेवार देखिदै आएका छन् । आईतबार मात्रै अभिभावकलाई भेट्न भारत जान लागेको बताउँने २० जना बालबालिकालाई सीमाबाट फर्काइएको छ ।
उनीहरूलाई बाँके प्रशासनको रोहबरमा अभिभावकको जिम्मा लगाएको सिविन बाल हेल्पलाइनले बताएको छ । बेवारिसे अवस्थामा रहेका बालबालिकाको उद्दारमा प्रहरी, बालबालिकाका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कुनै संस्थाले चासो देखाएका थिएनन् ।
हिउँद लागेपछि जाडो छल्न उनीहरु भारतको गोरखपुर कामका लागि जान लागेको बताएको जमुनाहा प्रहरी प्रमुख सई माधव रिजाल बताउँछन् ।
धेरै बालबालिका भारत जान लागेको भेटिएपति शङ्का लागी रोकिएको उनले बताए । सीमामा पहाडी जिल्लामा स्कुल बिदाको समयमा बालबालिकाको जोखिम यात्रा बढ्ने गरेको उनी बताउँछन् ।
उनकाअनुसार गत आर्थिक वर्षमा ५२ बालबालिकालाई उद्धार गरिएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा ४२ बालक र १० बालिका गरी ५२ जना बेवारिसे अवस्थामा फेला परेका हुन् । आव २०७४/७५ मा जम्मा १० जना बालबालिका बेवारिसे अवस्थामा फेला परेको सिविनको रेकर्डमा उल्लेख छ ।