बार अध्यक्ष आचार्यले मागे ५ कार्यालयसँग सूचना

८०४ ग्यास सिलण्डर खराब


बार अध्यक्ष आचार्यले मागे ५ कार्यालयसँग सूचना

नेपालगन्ज : बाँकेको नेपालगन्जमा एकै पटक पाँचवटा सरकारी कार्यालयसँग सूचना माग गरिएको छ । नेपाल बार एशोसियसन उच्च अदालत नेपालगन्जका अध्यक्ष विकास आचार्यले यहाँका पाँचवटा सरोकारवाला कार्यालयसँग एकै पटक सूचना माग गरेका हुन् ।

बाँकेमा इन्धन ग्याँसको अवस्थाका बारेमा खपत, बिक्रि आवश्यकता लगायतका बिषयमा सूचना माग गरिएको अध्यक्ष आचार्यले बताए ।उनकाअनुसार सूचनाको हक प्रयोग गरेर यहाँका नेपाल आयल निगम इन्धन डिपो, बाणिज्य कार्यालय, श्रम तथा रोजगार कार्यालय गुणस्तर तथा नापतौल कार्यालय र बाँके प्रशासनमा एकै पटक सूचना माग गरिएको छ ।

बाँकेमा रहेको इन्धन डिपोमा इन्धनको भण्डार क्षमताका साथै इन्धनको अवस्था, श्रम कार्यालयमा त्यहाँ र स्थानीय पेट्रोल पम्पहरूमा काम गर्ने कामदारको अवस्था तथा पेट्राल पमपका कारण निजि तथा सरकारी भौतिक संरचना, बजार तथा टोल क्षेत्र सुरक्षित वा असुरक्षितको अवस्था लगायत बारे सूचना माग गरिएको हो ।

प्राप्त खबरअनुसार बाँकेमा रहेको पेट्रोल पम्पका कारण शहर नै जोखिममा देखिएको छ । तर, यसको रोकथाम तथा नियन्त्रणका लागि बाँके प्रशासन समेत उदासिन छ ।

बाँकेमा बिक्रि वितण भइआएका ग्यासमध्ये भेरी ग्यासका अधिकृत बिक्रेता तीन सय ४१ रहेका छन् । जसमा ५ लाख २० हजार सिलिण्डर बजारमा बिक्रि वितरण भइरहेका छन् । भेरी ग्यासका लागि पाँच सय ५० मेट्रिक टनको क्षमता रहेको छ ।

यसैगरी बाँकेमा दुई सय २० अधिकृत बिक्रेता मनकामना ग्यासका रहेका छन् । जसमा तीन लाख ३५ हजार सिलिण्डर बजारमा छन् । राप्ती ग्यासका एक सय ३४ अधिकृत बिक्रेता छन् । जसका एक लाख ८४ हजार सिलिण्डर छन् । यसको क्षमता एक सय मेट्रिक टन रहेको छ ।

यी तीनवटै ग्यास उद्योगले दिएको जानकारीअनुसार अहिले आठ सय चारवटा सिलिण्डर खराब (ड्याम्ज) भएका छन् । जसमा भेरीका दुई सय ९६, मनकामनाका तीन सय ८४ र राप्तीका एक सय २४ वटा सिलिण्डर रहेका छन् । एउटा ग्यास सिलिण्डरको आयू दश बर्ष तोकिएको छ ।