लाग्यो खण्डग्रास सूर्यग्रहण

स्नान, दान र श्राद्ध गरे पुण्य, भोजन र मैथुन गरे अशुभ


लाग्यो खण्डग्रास सूर्यग्रहण

प्रतिकात्मक तस्विर

नेपालगन्ज: खण्डग्रास सूर्यग्रहण लागेकोछ । नेपाल पञ्चांग निर्णयक समितिका अनुसार अहिले बिहान ८ः४२ मिनेटमा खण्डग्रास ग्रहण लागेको हो ।

पश्चिम र नैऋत्य कोणको बीचबाट आज बिहान ग्रहण सुरु भएको ग्रहण बिहान १०ः०१ बजे मध्य हुने र ग्रहण ११ः३१ बजे समाप्त हुने पञ्चांग निर्णयक समितिले जनाएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौका अनुसार, ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, बृद्ध र रोगी बाहेक अरुले भोजन गर्नु हुँदैन । शास्त्रीय रूपमै यीबाहेकका व्यक्तिमा भोजन निषेध गरिएको छ ।

ग्रहणका बेला के गर्ने ?

खण्डग्रास सूर्य ग्रहण लागेको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने हिन्दु निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका बेला के नगर्ने ?
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत बताउँछन् । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ ।

कुन राशीले हेर्नमिल्ने कुन राशीलाई नमिल्ने ?
ग्रहण हेर्नु कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।

शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ । कुनै भाँडामा पानी राखेर वा सुरक्षितयन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।

सूर्य ग्रहणमा कसरी आँखाको सुरक्षा गर्ने ?

बिहीबार बिहान करिब पौने ३ घण्टा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण बिहान ८ बजेर ४२ मिनेटमा शुरु भइ बिहान ११ बजेर ३१ मिनेटमा सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सूर्यग्रहणका बेला कसरी आफ्नो आँखालाई सुरक्षित पार्ने सो बारे बुझ्न जरुरी छ । हुन त सुर्यलाई Direct नाङ्गो आँखाले हेर्नू कहिल्यै पनि राम्रो मानिदैन । ग्रहणको बेला यो अझै खतरनाक हुन्छ।

अरुबेला सुर्यलाई हेर्दा हाम्रो आँखाको नानी सानो भै हानिकारक ultraviolet rays हरु धेरै मात्रामा आँखाभित्र जान पाउदैन ( protective mechanism) । तर, ग्रहणलाग्दा सुर्यको वरिपरि कालो हुने हुदा हाम्रो आँखाको नानी नखुम्चेर फुलेको अस्वथामा रहने हुदा अरु बेला भन्दा धेरै हानिकारक ultraviolet किरण आँखाभित्र छिरेर आँखाको रेटिना सधैको लागि खाराब गर्न सक्छ ।

ग्रहण हेर्न मन लागे कसरी हेर्ने?
यसको लागि विशेष किशिमको eclipse चस्मा नै हुनुपर्छ। पहिला ग्रहण लागेको भन्दा अर्कोतिर फर्केर चस्मा लगाउने अनि हेरेर चस्मा निकाल्दा पनि अर्कोतिर फर्केर निकाल्ने।
साधारण sun-glass लगाएर हेर्न सकिन्छ?
सकिँदैन

X-ray बाट, वा आँखा सानो पारेर येस्सो हेर्न सकिन्छ?
यो झनै खतरापूर्ण हो। यस्तो कहिल्यै गर्नु हुदैन

झुक्केर हेरि हाले के हुन्छ?
तुरुन्तै त असर नदेखिन सक्छ तर, केही समय पछि दृस्टी धमिलो हुने, कुनै पनि चिज हेर्दा बिचमा कालो देखिने हुने हुन्छ । र यसरी हुने खराबी सधैको लागि अर्थात permanent हुन्छ।

विशेषगरी गर्भवती, बच्चा, रोगी र ज्येष्ठ नागरिक ग्रहणको समय खुल्ला आकाशमा निस्किन नहुने बताइएको छ । ग्रहण लाग्नु करिब १२ घण्टाअगाडिबाट भोजन गर्नुनहुने र कुनै पनि शुभकार्य र पूजा गर्न नहुने शास्त्रीय मान्यता छ । 

ग्रहणका समय आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ । ग्रहणको नराम्रो प्रभावबाट बच्न दुर्गा चालिसा या श्रीमद्भागवत गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ ।