भोली थारु अगुवा भेला हुदैं


भोली थारु अगुवा भेला हुदैं

File Photo

नेपालगन्ज : पश्चिम नेपालका चार जिल्लाका थारू अगुवाहरूको बिशेष भेला यहि १२ गते नेपालगन्जमा हुने भएको छ । यसका लागि आवश्यक तयारी भइरहेको छ ।

वर्तमान राजनीतिमा थारू समुदायको समसामायिक विषय, २०७८ सालमा हुने नयाँ जनगणनाको बारेमा छलफल, टिकापुर घटनाको बारेमा थारु अगुवाहरुको भुमिका के ?, लोकसेवा आयोगमा छुट्टै कोटाको व्यवस्था लगायत नेपालगन्ज उपमहानगरपालिकामा नगर थारू कल्याणकारिणी सभा गठन गरिने भएको छ ।

उक्त भेलामा बाँके, बर्दिया, दाङ र सुर्खेतका करिव सय थारू अगुवाको सहभागिता रहने थारू कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद चौधरी बताउँछन् ।

उक्त भेलामा कल्याणकारिणी सभाका केन्द्रिय उपाध्यक्ष देवी चौधरी र गोविन्द चौधरीले प्रशिक्षण दिने भएका छन् । नेपालगन्जबाटै राष्ट्रिय मुद्दाको विषयमा बहस हुने अध्यक्ष चौधरी बताउँछन् ।