नेपालगन्ज : राप्तिसोनारी गाँउपालिका वडा नं. ८ शम्सेरगन्जमा असहाय बिपन्न बर्गलाई लत्ता कपडा तथा खाद्यन्न सहयोग गरिएको छ । एन.आर.एन निर्बतमान संयोजक जर्मनका महेन्द्र धितालको आर्थिक सहयोगमा १० परिवारलाई लत्ता कपडा र चामल बितरण गरिएको हो ।
प्तिसोनारी गाँउपालिका वडा नं. ८ मा रहेका केहि बिपन्न र आर्थिक अबस्था कमजोर भएका परिवारलाई सहयोग गरिएको कार्यक्रमका संयोजक नन्द चन्दले बताए । उनीहरूलाई एउटा फाईबर सिरक र २५ किलो चामल दिइएको छ ।