यूनेस्कोको हचुवा सहयोग


यूनेस्कोको हचुवा सहयोग

नेपालगन्ज:कतार च्यारेटीको आर्थिक सहयोगमा र बाँके युनेस्को क्लबले सहयोगका नाममा नरैनापुरको लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई हचुवाको भरमा उपकरण प्रदान गरेको छ ।

दरबन्दी भएपनि डाक्टर नै नभएको उक्त केन्द्रमा बाँके युनेस्कोले सहयोगका नाममा अल्ट्रासाउन्ड मेशिन लगायतका उपकरण र सामग्री प्रदान गरेको छ ।

जहाँका अल्टासाउण्ड चलाउनकालागि दक्ष जनशक्ति नै छैन् । जनशक्ति नै नभएको स्वास्थ्य केन्द्रमा लाखौं मुल्यको उक्त उपकरण प्रदान गर्नुको कुनै अर्थ नभएको स्वास्थ्यकर्मीहरू नै बताउँछन् ।

युनेस्कोले सहयोगको नाममा फुल फोल्डिंग बेड जनरल आठ थान, डेलिभरी बेड २ थान, म्याटूेस १० वटा, बिरामी बोक्ने टूलि ५ वटा र ह्विल चियर पाँच वटा प्रदान गरेको केन्द्रले बताएको छ ।

केन्द्रकाअनुसार युनेस्कोले बुधबार प्रदान गरेका यी उपकरणमध्ये केही प्रयोगमा आएपनि अल्ट्रासाउण्ड मेशिन भने प्रयोमगा आउने सम्भावना देखिदैन् ।

स्वाथ्यकर्मीको अभाव तथा स्वास्थ्य सुविधा नभएको कारण यहाँ भएका उपकरण समेत प्रयोगमा आउन सकेका छैनन् । भवन छ तर सेवा सुविधा विस्तार हुन सकेको छैन् ।

यस्तो अवस्थामा युनेस्कोले प्रदान गरेका उपकरण र सामग्ी प्रयोगमा आउने कुरै छैन् केन्द्रका एक कर्मचारीले भने ‘उपकरणसँग यहाँ दक्ष जनशक्तिको आवश्यकता देखिएको छ ।’ स्वास्थ्य केन्द्र सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव रहेको केन्द्रका निमित्त प्रमुख नबिन बुढाथोकी बताउँछन् ।