नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ पिप्रहवाका १५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएकोछ । वडा कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गर्दै जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
वडा कार्यालयको लक्षित वर्ग विकास कार्यक्रम अन्र्तगत वडाका ७ महिला ८ पुरुषलाई सम्मान गरिएको एकिकृत सामाजिक विकास केन्द्र(आइएसडीसी) नेपालका कार्यक्रम संयोजक शेर बहादुर रौलेले जानकारी दिए ।
वडा अध्यक्ष वल्लन कबडियाको सभाध्यक्षतामा भएको कार्यक्रममा आइएसडीसी नेपालका सचिव विष्णुप्रसाद खनाल, वडासदस्यहरु गुरुदयाल सिंह, केतकी बडही, अब्दुल मजिद कबडिया र वडा सचिव शोभाकर भण्डारीले जेष्ठ नागरिकलाई सम्मान गर्दै न्यानो लुगा स्वरुप बल्याङ्केट प्रदान गरेका हुन् ।
हरेक वर्ष लक्षित वर्ग विकास कार्यक्रम अन्र्तगत वडाले जेष्ठ नागरिकलाई सम्मान गर्दै आएकोछ । वडामा रहेका जेष्ठ नागरिकको सम्मान तथा चिसोबाट बच्न उनीहरुलाई सहयोग गरिएको वडा अध्यक्ष वल्लन कबडियाले बताए ।