नेपालगन्ज:नेपाल बैंक पूर्व कर्मचारी कल्याण समाज गठन गरिएको छ । नेपाल बैंकका पूर्व कर्मचारीहरुको भेलाले शनिबार उक्त समिति गठन गरेको हो ।
नेपाल बैंकका ५,६ र ७ प्रदेश अन्र्तगतका पूर्व कर्मचारीको भेलाले तेजबहादुर थापाको अध्यक्षतामा ११ सदस्यि कार्यसमितिको नेपाल बैंक पूर्व कर्मचारी कल्याण समाज गठन गरेकोछ ।
समाजको उपाध्यक्षमा गोविन्द प्रसाद श्रेष्ठ, सचिवमा राजन कर्मचार्य, कोषाध्यक्षमा रमेश कुमार नागलाई चयन गरेकोछ । यस्तै समाजको सदस्यमा शुरेस कुमार श्रेष्ठ, चन्द्रकान्त पाण्डेय, रापप्रसाद पोखरेललाई सर्वसम्मतबाट चयन भएकाछन् ।
समाज गठनका लागि भेला भएका नेपाल बैंकका पूर्व कर्मचारीहरुको भेलाले महिला समेत ४ जना सदस्यलाई पछि थप गर्ने समेत निर्णय गरेकोछ ।
यस्तै समाजको संरक्षणमा केशवप्रसाद पथिकलाई चयन गरेको छ । भने समाजको सल्लाहकार समितिमा गजेन्द्रमान यरी, विजय गौतम, राप्रसाद चौधरी, मदनबहादुर केसी, वेगमबहादुर भण्डारी, उत्तमसिंह नेपाली, अरुण कुमार शर्मा र मनोज श्रेष्ठ रहेकाछन् ।
यसैगरी समितिको विधान मस्यौदा समितिमा ऋषिराम भण्डारी, कृष्णकुमार श्रेष्ठ, केशव दीपक न्यौपाने, शान्तीराज रेग्मी र राजकुमार तिवारीलाई चयन गरेकोछ ।