एकदशक पछि वाटरपार्कबासीलाई पुर्जा


एकदशक पछि वाटरपार्कबासीलाई पुर्जा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र १८ स्थित वाटरपार्क क्षेत्रमा रहेका स्थानीयले एक दशकपछि अस्थायी पुर्जा पाएकाछन् ।

एकदशकदेखि भौतिक संरचना निर्माण गरि जमिन भोगचलन गर्दै आएका त्यसक्षेत्रका बासिन्दा अहिलेसम्म पुर्जा विहिन थिए । स्थानीय उपपमहानगरापलिका र वडा कार्यालयको ढिलासुस्तिका कारण स्थानीयले दशकसम्म पनि पुर्जा पाउन नसकेका हुन् ।

स्थानीयको बारम्बारको माग र वाटरपार्कको परियोजना निर्माणको प्रक्रिया थालनि भएसगैं यहाँको व्यवस्थित वस्ति विस्तार का लागि आईतबार स्थानीयलाई अस्थायी पुर्जा वितरण गरिएकोछ ।

उपमहानगरपालिकाले पहिलो चरणमा आईतबार १८७ जनालाई अस्थायी पुर्जा वितरण गरेको छ । पुर्जा वितरणगरेको उपमहानगरपालिकाको प्रमुख प्रशाकीय अधिकृत हरि प्याकुरेल बताँउछन् । उनका अनुसार मेयर डाक्टर धवलसम्शेर राणाले उपमहानगपालिका आएका वाटरपार्क क्षेत्रका स्थानीयलाई अस्थायी पुर्जा वितरण गरेका थिए । ७४५ जना जग्गा धनी मध्ये सबैलाई तत्काल अस्थायी पुर्जा दिएर स्थायी पुर्जाका लागि प्रक्रिया सुरु गरिनेछ ।

अस्थायी पुर्जा वितरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डाक्टर राणा तथा उपमेयर उमाथापा मगरले वाटरपार्क परियोजनाको कामले गति लिएकोले जग्गाधनीबाट थप सहयोगको आवश्यकता रहेको बताए । एकदशकपछि जग्गाको अस्थायी पुर्जा हात पारेका स्थानीय बासिन्दामा ढिलै भएपनि खुशी छाएकोछ । वाटरपार्क परियोजना अन्तर्गत ६५ विघा जग्गा रहेको छ । जग्गाको न्यूनतम मुल्यांकन समेत भईसकेको छ ।