भृकुटीनगर विकास समितिको अध्यक्षमा पुनः विष्ट


भृकुटीनगर विकास समितिको अध्यक्षमा पुनः विष्ट

नेपालगन्ज: भृकुटी नगर टोल विकास समितिको अध्यक्षमा पुनः सरला कुमारी विष्ट निर्विरोध भएकी छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, स्थित भृकुटी नगर टोल विकास समितिको सभाहलमा भएको छैठौं वार्षिक साधरण सभा तथा अधिवेशनबाट विष्ट पुनः अध्यक्ष पदमा दोहोरिएकी हुन् ।

आगामी तीन वर्षे कार्यकालका लागि समितिको अध्यक्ष सहित सवै पदमा सर्वसहमतिमा नयाँ कार्यसमति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत यूग बहादुर गुरुङ्गले जानकारी दिए ।

समितिको उपाध्यक्षमा पदमबहादुर खड्का, सचिवमा धनबहादुर पुन र कोषाध्यक्ष कुलराज राजभण्डारी सर्वसहमतिबाट चयन भएकाछन् ।
९ जनाको कार्यसमित रहेको उक्त समितिको सदस्य पदमा लिला डाँगी, चन्द्रबहादुर श्रेष्ठ, जितेन्द्र कुमार जोशी, बाबुराम आकुरा, आशाराम डाँगी सर्वसहमतिमा चयन भएकाछन् ।

समितिका अध्यक्ष विष्टको अध्यक्षतामा भएको छैठौं वार्षिक साधरण सभा तथा अधिवेशनका प्रमुख अतिथि एवंम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष विन्दूभूषण बस्नेतले टोलको विकासका लागि समितिले खेलेको भूमिकाको प्रसंशा गरेका थिए । उनले भने वडाको समग्र विकासका लागि समितिले सहयोग पु¥याउदै आएकोले वडाबाट आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

यस्तै उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष अजयकुमार पाठकले समितिबाट भृकुटी नगरको विकास, समृद्धि तथा टोल सुधारमा खेलेको भूमिकालाई प्रसंसा गर्दै ११ हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा समितिका उपाध्यक्ष पदमबहादुर थापाले स्वागत मन्तब्य ब्यक्त गर्दै वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिको २०६९ जेठ २२ गते भृकुटीनगरमा ११ धुरमा एकतले भवन निर्माण भएको र हालसम्म २९ लाख ३७ हजार २ सय ३६ रुपैयाँ आम्दानी भएको जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ५० हजार ३ ६७ रुपैयाँ आम्दानी भएको बताए ।

यसैबीच समितिको छैठौं वार्षिक साधरण सभा तथा अधिवेशनका अवसरमा भृकुटीनगरबासी विभिन्न ब्यक्तिलाई सम्मान गरिएकोछ ।
टोलबासीका रुपमा विभिन्न संघसस्था आबद्ध, उच्च शिक्षा प्राप्त गर्ने तथा एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई स्वर्गीय रत्नमाया शाक्य पुरस्कारबाट पुरस्कृत गरिएको थियो । जसमा टोल विसका समितिको तर्फबाट डाक्टर निराकार राजभण्डारी, डाक्टर सपना शर्मा पुरस्कृत भएका थिए भने । डाक्टरहरु कुमार अंकितराज, प्रज्वल श्रेष्ठ, पल्लवी सुवेदी तथा मोनिका पन्तलाई सम्मान गरिएको थियो ।
यस्तै रत्नमाया पुरस्कारबाट भृकुटीनगरबासी सन्ध्या विष्ट, अनुप डाँगी, प्रसुन अचार्य र प्रज्वल कुमार सुवेदी क्षेत्रीलाई नगद ३ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरिएको थियो ।

साथै कार्यक्रममा टोल विकास समितिका आजिवन सदस्य तथा कार्यसमिति सदस्यहरुलाई सम्मान गरिएको उपाध्यक्ष थापाले जानकारी दिए ।
कार्यक्रममा समितिका सस्थापक वेदनिधी शर्मा, आजिवन सदस्य लिलबहादुर शाक्य, मीनबहादुर मल्ल, गजेन्द्रमान पति, विरेन्द्रबहादुर क्षेत्री, वडा सदस्य वसन्ता जोशी, कानूनी सल्लाहकार लोकबहादुर शाह लगायतले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । भने निर्वाचन टिममा रामचन्द्र श्रेष्ठ, राधा ज्ञवाली रहेका थिए ।