आजदेखि मौसममा सुधार हुदैं


आजदेखि मौसममा सुधार हुदैं

नेपालगन्ज: यतिवेला नेपालगन्ज लगायत यसक्षेत्रको मौसम सफा भएपनि बादल लागेकोछ । पछिल्लो केहीदिन देखि लगातार परेको हिउँदे झरीले यसक्षेत्रको जनजिवन कष्टकर बन्यो । अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुँदै गएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो बुधबारदेखि भने मौसममा पुरै सुधार हुने सम्भावना रहेको छ । आज देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानहरुमा हुस्सु र कुहिरोसमेत लागेकोछ ।

आईतबार (आज) दिउँसो देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने र पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने तथा पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको पूर्वानुमान महाशाखाको भनाइ छ ।

भोलि सोमबार दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै सोमबार राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने तथा पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबार दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने तथा पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाइएको छ । भने मंगलबार राति भने पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने जानकारी प्राप्त भएकोछ ।